केही न केही कारणले सधैं चर्चामा आइरहन्छिन् ‘धडक गर्ल’ जान्हवी कपूर । हालै जान्हवी र उनको बहिनी खुशी कपूर नेहा धुपियाको शो ‘वोग बीएफएफ सिजन ३’ मा अतिथी बनेर पुगेका थिए ।
उक्त कार्यक्रममा नेहाले जान्हवीलाई ‘विक्की कौशल र कार्तिक आर्यन मध्ये कसलाई चुम्बन गर्न चाहन्छौं ?’ भन्ने प्रश्न गर्दा जान्हवीले एकै सासमा विक्की कौशलको नाम लिएकी थिइन् ।
जान्हवीको यो उतरले सबै जनालाई चकित पारेको छ । किनभने सबैलाई यहि लागेको थियो कि जाहन्वीले कार्तिक आर्यनको नाम लिने छिन् । कार्तिकलाई जान्हवी, सारा अलि खान, अनन्या पाण्डे लगायतको क्रस समेत रहेका छन् । साथै कार्तिकको महिला फ्यान फलोइङ पनि बाक्लै छन् ।
बिक्की कौशल र जान्हवी कपूर धर्मा प्रोड्क्शनमा निर्माण भईरहेको फिल्म ‘तख्त’ मा एक साथ काम गरिरहेका छन् । जाहन्वीले विक्कीलाई चुम्बन गर्न चाहेको कुराले उनी अभिनित फिल्म तख्तको प्रोमोशनमा पनि मद्दत पुर्याउने देखिन्छ । मल्टीस्टार फिल्म तख्तमा आलिया भट्ट, रणवीर कपूर, करिना कपूर, भूमि पेडनेकर लगायतको कलाकारहरुको अभिनय रहेको छ ।





























प्रतिक्रिया