के तपाईको व्वायफ्रेण्ड ‘प्रियसी’ भन्न लायकको छ ?

के तपाईको व्वायफ्रेण्ड ‘प्रियसी’ भन्न लायकको छ ?

केन्द्रबिन्दु
0
Shares

आधुनिकतासँगै अचेल प्रेम जस्तो पवित्र बन्धनमा पनि छलकपट र स्वार्थ प्रेरित हुन थालेको छ । त्यसैले त भनिन्छ नि, अचेल विश्वासिलो प्रेमीको साथ पाउन भाग्यमा लेखिएको हुनुपर्छ ।

यदि तपाईले विश्वासिलो प्रेमी भेट्न ुभएको छ भने उनको भरोसा बनाइराख्ने कोशिस गर्नुहोस् । ता कि तपाईसँग तपाईको प्रेमीको साथ सधैं रहिरहोस् । एक सच्चा साथी वा प्रेमीको मतलव हुन्छ उसले तपाईको ख्याल राखोस्, स–सानो कुरामा पनि तपाईसँगै उभियोस्, आपसमा प्रेम होस् । यदि तपाईको जीवनमा यस्तो प्रेमी भएमा तपाईको जीवन रंगीन बन्नेछ, सुखमय वित्नेछ ।

१. जसले तपाईको ख्याल राख्छ

यदि तपाईको प्रेमी असल र विश्वसनिय छ भने उसले तपाईको बारेमा गम्भिर भएर सोच्छ । उसले अवष्य पनि तपाईको ख्याल राख्छ । जब तपाई प्रेममा हुनुहुन्छ, तपाईको प्रेमीले तपाईलाई विशेष महसुस गराउँछ । उसले तपाईको भावनाको कदर गर्छ । आमाबुवा बाहेक तपाईलाई अलग महसुस गराउने नै तपाईको सच्चा प्रेमी हो । एक सच्चा प्रेमीको साथमा हुँदा तपाईलाई कुनै पनि कुराको चिन्ता, डर हुँदैन् ।

२. जसले तपाईलाई हरेक क्षण बिशेष महसुस गराउँछ

एक सच्चा प्रेमीले तपाईलाई हरेक पल खुशी र केही विशेष महसुस गराउने कोसिस गर्छ । हरेक सानो सानो कुरामा पनि सरप्राईज दिएर तपाईलाई खुशी बनाउँछ । चाहे टाढा नै किन नहोस्, तपाईको अनुहारमा मुस्कान ल्याउनको लागि हर समय प्रयास गर्छ ।

३. जसले तपाईको हरेक दुःखमा साथ दिन्छ

एक सच्चा प्रेमीले तपाईको दुःख, तनाव र चिन्ताहरुलाई टाढै राख्ने कोशिस गर्छ । तपाईलाई धेरै खुशी राख्ने कोसिस गर्छ । उसले आफ्नो दुःखमा पनि खुशी राख्ने कोसिस गर्छ । जसले आफ्नो दुःख भुलेर तपाईलाई खुशी देख्न चाहन्छ । जसले आफ्नो समस्या भुलेर तपाईको साहरा बनेर साथ दिन्छ । ऊ नै सच्चा प्रेमी हो । ऊसँग रहँदा बस्दा सबै पीडा, चिन्ता र तनावहरु बिर्सिन्छ । यस्तो प्रेमीको साथ कहिले नछोड्नुहोस् ।

४. जसले हरेक पल अवस्मरणीय बनाउने कोसिस गर्छ

एक सच्चा साथी जहिले पनि तपाईको हरेक पल विशेष बनाउने कोसिस गर्छ । जुन अवस्मरणीय बनोस् । जसले तपाईलाई हरेक समय बिशेष महसुस गराउँछ ।

५. जसले भविष्यको बारेमा सोच्छ

एक सच्चा र विश्वसनीय प्रेमी जहिले पनि भविष्यको बारेमा योजना बनाउँछन् । आफुसँग अलग बनाउने हरेक चिजसँग लड्छन् । त्यसको साथै तपाईकोे परिवारको पनि ख्याल राख्छन् । तपाईको आमाबुवा प्रति पनि चिन्तित रहन्छ ।

Skip This
Skip This
Logo