गोरखा भूकम्पको केन्द्र बारपाकमा आज सार्वजनिक विदा

गोरखा भूकम्पको केन्द्र बारपाकमा आज सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

गोरखा

वि.सं. ०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले १ सय ३० जनाको मृत्यु भएको सुलिकोट गाउँपालिकामा वैशाख १२ गते ( आज ) सार्वजनिक बिदा दिईने भएको हो ।

गत चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको थियो । यो निर्णयसँगै त्यस दिन गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु लगायतमा बिदा हुने बताइएको छ । गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजार भन्दा बढी नेपालीको ज्यान लिएको थियो भने २४ हजार घाइते भएका थिए ।

Skip This
Skip This
Logo