“एनसेललाई बहिस्कार गर्नुको बिकल्प छैन” (भिडियो अन्तर्वार्ता)

“एनसेललाई बहिस्कार गर्नुको बिकल्प छैन” (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

एनसेलले सरकारलाई कर नतिरेको भन्दै यतिबेला आम सर्वसाधारणदेखि बिभिन्न पेशाकर्मीहरुले सिम बहिस्कार अभियान चलाइरहेको छ।  सरकारले पटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि सर्वसाधारणले एनसेलको सिम नै बहिस्कार गर्न थालेका हुन्। यो अभियानमा विदेशमा बसेका नेपालीहरुले पनि साथ दिइरहेका छन् ।

यो अभियान चलाउने मध्येका एक हुन् पूर्व कार्यवाहक लेखा परीक्षक सुकदेव भट्टराई । ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ पुँजीगत लाभकर तिर्न आग्रह गरिरहेको बेला भट्टराईले भने थप १८ अर्ब पनि तिर्नुपर्ने बताएका छन्।  उनले एनसेलले बदनियतका साथ कर नतिरेको हुँदा उक्त थप रकम बुझाउनुपर्ने बताएका छन्।

प्रस्तुत छ, यसै बिषयमा केन्द्रबिन्दुकर्मीले पूर्व कार्यवाहक लेखा परीक्षक भट्टराईसंग गरेको कुराकानीको अंश:-

 

Skip This
Skip This
Logo