संसदमा सांसद्‍ले भने, ‘कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’

संसदमा सांसद्‍ले भने, ‘कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले नयाँ युवा सांसदलाई लक्षित गर्दै कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू भनेर सम्बोधन गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले नयाँ युवा सांसदलाई लक्षित गर्दै कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू भनेर सम्बोधन गरेका हुन्।

उनले भने, ‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला बेलामा, हुन त यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा बेला बेलामा कुरा उठाउने गरेको छ । एकदम कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरुदेखि लिएर दाह्रीजुँगा फूलेका माननीय ज्यूहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु।’

उनको सो कुरालाई लिएर एमालेका सांसदले नियमापत्ति गरेका थिए। त्यसपछि सो विषयमा सभामुख देवराज घिमिरेले पनि के भएको रहेछ हेरेर निर्णय गर्ने बताएका थिए।

Skip This
Skip This
Logo