स्टारग्रुप ओसाका जापानद्वारा धुर्मस-सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग

स्टारग्रुप ओसाका जापानद्वारा धुर्मस-सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जापानमा रहेको स्टारग्रुपले धुर्मस सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग पठाएको छ । ग्रुपले चितवनमा बन्दै गरेको अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगार्थ सो रकम पठाएको हो ।

यस ग्रुपले समय समयमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । जनचेतनामुलक साहित्यिक गतिविधि , स्वास्थ्यका लागि खेलकूद गतिविधि , समाजमा भइपरि आएका समस्याहरूलाई चिर्न पहलकदमीसंगै समाधान सहितका गतिविधि , वैदेशिक रोज़गारसँगै बढ्दो आत्महत्याको रोकथामका लागि जनचेतनामुलक गतिविधि लगायतका कार्यक्रम संचालन गर्दै आएको स्टार ग्रुपले यसपटक भने धुर्मस सुन्तली फाउण्डेशनलाई २ लाख सहयोग गरेको हो ।

जापानको कान्साईवासी सम्पूर्ण खेलप्रेमी , बिद्यार्थी , संधसंस्था र युवा वर्गरुबाट संकलन गरि सो रकम नेपाल पठाइएको हो । सो ग्रुपका अध्यक्ष दिलिप कँडेलले यस ग्रुपले जापानमा रहेका नेपाली युवायुवती लगायत जापानीज संस्थाहरु सँग समन्वय गरि आगामी दिनमा पनि सकेको सहयोग गर्ने बताउनु भयो ।

Logo