ताम्राकारको निधनका कारण कांग्रेसको जागरण अभियान सर्‍यो

ताम्राकारको निधनका कारण कांग्रेसको जागरण अभियान सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेश (हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले आज वैशाख ११ देखि शुरु गर्ने भनिएको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार साँझ बसेको आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिए ।

अब काङ्ग्रेसको जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म हुने काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकले पार्टीका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Logo