हेमन्तप्रकाश वलीसहित ६ जना पुर्पक्षका लागि कारागार चलान

हेमन्तप्रकाश वलीसहित ६ जना पुर्पक्षका लागि कारागार चलान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जना पुर्पक्षका कारागार चलान भएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशमा उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान भएका हुन् । सुदर्शनसहितका नेताहरुलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको हो । थुनामा पठाइएका अन्यमा शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र विरबहादुर कठायत रहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo