केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

आफन्तबाटै विश्वासघातदेखि हवाई फायरसम्म

आफन्तबाटै विश्वासघातदेखि हवाई फायरसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

एक  वर्षमा श्रीमानद्वारा ५२ श्रीमतीको हत्या, श्रीमतीद्वारा ७ श्रीमान मारिए

सबैभन्दा नजिकको सम्बन्ध भनेको आमा–बाबु, छोरा–छोरी र श्रीमान श्रीमतीबीच हुन्छ । यसलाई पवित्र सम्बन्ध पनि मानिन्छ । विशेषगरी श्रीमान–श्रीमती संगै बाच्ने संगै मर्ने कसम खाएका हुन्छन् । उनीहरु जीवनभर एकअर्कालाई साथ दिन्छन् । तर कुनै बेला त्यही जीवनभर साथ दिने श्रीमान– श्रीमती नै एक अर्काका काल बन्छन् ।

२०७५ सालमा मात्र ५२ जना श्रीमती आफ्नै श्रीमानबाट मारिएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार एक वर्षको अवधीमा ७ जना श्रीमान आफ्नै श्रीमतीको शिकार बनेका छन् । त्यस्तै १८ वटा छोरा–छोरी आफ्नै आमाको हातबाट मारिनु परेको छ । यसमा धेरै जसो नवजात शिशु रहेका छन् । अवैध सन्तान जन्माउने अनि हत्या गर्ने क्रम पछिल्लो समय बढ्दो छ । १० जना छोराछोरीलाई आफ्नै बाबुले मारेका छन् । १ जना बुहारी सासु–ससुराबाट मारिएकी छन् । भने १ जना सासु पनि बुहारीको हातबाट मारिन पुगेकी छन् । ५ जना छोराहरुले आफ्नै आमाको हत्या गरेको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट प्राप्त तथ्यांकलाई आधार मान्दा २०७५ सालमा मात्रै ९४ जना आफ्नै नजिकमा मान्छेबाट मारिएका छन् । यसमा श्रीमान, श्रीमती, छोरा, छोरीलाई मात्र समावेश गरिएको छ । यो भन्दा अन्य आफन्तहरुबाट पनि जघन्य अपराधका घटना बढ्दो क्रममा छ ।

नेकपाको जिल्ला हाँक्ने ३ महिला पाइलट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले २ जना पाइलट छन्, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) । गत बर्ष जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा ठूलो जहाज भएकाले २ जना पाइलट चाहिएको अभिव्यक्ति दिएका थिए।

नेकपाले पार्टी एकतालाई पूर्णता दिने क्रममा सोमबार ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवहरुको नाम घोषणा गर्यो। जसमा ३ जना मात्रै महिला अध्यक्ष छन्। जिल्ला हाँक्ने जिम्मेवारी पाउनेमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्।

मोरङमा प्रहरीद्वारा हवाई फायर, १ जना घाइते

मोरङमा प्रहरीले हवाई फायर गरेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयलाई तितरवितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेको हो । हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन । नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यालय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा पथरी १ का जितबहादुर लावती घाईते भएका छन । उनले पछाडिबाट प्रहरीले ढुंगाले हानेको स्थानीयको आरोप छ । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । उनको टाउकोमा ३ वटा टाँका लगाईएको छ ।

कृषिमन्त्रीको गाडीले कारलाई ठक्कर दिएपछि…

कृषि तथा पशुपक्षि विकास मन्त्री चक्रपाणि खनालको गाडीले सर्वसाधारणको कारलाई ठक्कर दिएको छ। मन्त्री खनालको बा १ झ८२२८ नम्बरको गाडीले पुल्चोकमा ठक्कर दिएको हो।

२०७५ मा विश्व रेकर्ड राख्ने ५ नेपाली

बर्ष २०७५ मा नेपालीहरुले बिभिन्न किसिमले नेपालको नाम बिश्व समुदायमा चिनाए । यसरी नेपालको नाम चिनाउने एउटा माध्यम बन्ने गरेको छ गिनिज बुक अफ वर्ल्ड रेकर्ड । जसमा आफ्नो नाम दर्ता गराएर आफ्नो र नेपालको नामलाई बिश्व समुदाय माझ पुर्याउने नेपालीहरुका बारेमा हामीले २ वटा सामाग्री तयार पारेका छौ। यस अघि हामीले ६ जना नेपालीको बारेमा सामाग्री तयार पारेका थियौ । प्रस्तुत रिपोर्टमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल थप ५ जना नेपालीको बारेमा सामाग्री समेटेका छौ।

नेपालमा आयो जल पाइप्स एण्ड फिटिङस

श्रीमती हत्या गर्ने डाक्टर जेल चलान

घुससहित कार्यकक्षबाटै समाटिए कम्प्युटर अपरेटर

लोकप्रिय गायक तथा संगीतकार मदन दिपविमको निधन

इण्डियन प्रिमियर लिगमा दिल्ली पहिलोपटक शीर्ष स्थानमा उक्लियो

राष्ट्रपति चीनबाट फर्किएपछि प्रधानमन्त्री कम्बोडिया र भियतनाम जाने

रिनाको मृत्यु प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, श्रीमान नेपाल आईपुगे

एनसेलको सिमकार्ड नचलाउन आग्रह

आदिवासी जनजातिलाई प्रचण्डको आग्रह- ‘विद्रोहको भ्रम नपालौ’

सरकार र राप्रपाबीच वार्ता

ललितपुरमा श्रीमती र पाल्पामा श्रीमानको हत्या

विप्लव समूहका पूर्व गण्डक ब्यूरो इञ्चार्ज नेकपामा प्रवेश

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo