एनसेलको सिमकार्ड नचलाउन आग्रह

एनसेलको सिमकार्ड नचलाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

एनसेलले पूर्ण कर नतिरेसम्म त्यस कम्पनीको सिमकार्ड प्रयोग नगर्न  सरोकारवालाहरुले आग्रह गरेका छन् ।

एनसेल सरोकार समूह, नेपालका लागी नेपाली अभियान, लगायतका समुह र व्यक्तिहरुले आज एक विज्ञप्ति जारी गर्दै एनसेलले विभिन्न बाहनामा कर तिर्न खेलाची गरेको भन्दै सिम बहिस्कार गर्न आग्रह गरेको हो ।

‘ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्दछ भनेर हामीले सर्बोच्च अदालतमा सार्बजनिक सरोकारको मुद्दा दायर गरेका थियौं । सो मुद्धामा सर्बोच्च अदालतले निर्णय गर्दा ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्छ भनि आदेश गरेको छ । सर्बोच्च अदालतले नेपाल सरकारलाई उक्त निर्णय कार्यान्वन गर्न परमादेशको पुर्णपाठ जारी भए पश्चात निर्देश गरेको र ठुला करदाता कार्यालयले सोमबार ऐनसेललाई ३९ अर्ब ६० करोड लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा कर चुक्ता गर्न पत्राचार गरेकोमा ऐनसेल पुनः सर्बोच्च अदालतमा ठुला करदाता कार्यालय बाट बढि कर निर्धारण गरियो भनी रिट निबेदन प्रस्तुत गर्न पुगेको छ । यस सम्बन्धमा ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्छ भनि सर्बोच्च अदालतमा रिट निबेदन लिएर जाने हामी सम्पूर्ण रिट निवेदकहरु, ऐनसेल सरोकार समूह र नेपालका लागी नेपाली अभियान संग सँलग्न सम्पुर्ण ब्यक्तिहरुको ध्यान आकृष्ट हुन पुगेको छ ।’ विज्ञप्तिमा भनेको छ।

ऐनसेलले अहिले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्रै पुँजीगत लाभकर तिर्ने योजना बनाएको भन्दै सरोकार समूहले त्यसको विरोध गरेको छ ।

ठुला करदाता कार्यालयले ऐनसेललाई ३९ अर्ब ६० करोड लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा पुँजीगत लाभकर तिर्न भनेपछि एनसेलले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो। मुद्धाको आज सुनुवाई हुदैंछ ।

Logo