सुजुकीको मेगा एक्सचेज मेला शुरु

सुजुकीको मेगा एक्सचेज मेला शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सुजुकी इण्डियाद्वारा उत्पादित जापानिज ब्रान्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला शुरू गरेको छ ।

कम्पनीको आधिकारिक शोरुममा हुने यस मेला योजना अन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेज गरी सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत गुड्दै नगुड्ने मोटरसाइकल वा स्कुटरलाई पनि न्यूनतम् ३० हजार तथा चालू अवस्थामा रहेका मोटरसाइकल वा स्कुटरलाई बजार मूल्य भन्दा थप १५ हजार प्रदान गरिनुका साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo