प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग

प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विभिन्न जिल्लाबाट माग अनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजार भन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधन समेत आवश्यकता रहेको उनको भनाइ छ ।

प्रहरीले जिल्ला, स्थानीय तह तथा टोलमा गरेर १८ हजार चार सय ६९ वटा समुदाय–प्रहरी समिति गठन गरेको छ । समुदायसँग मिलेर शान्ति सुरक्षा मिलाउन यस्ता समिति गठन भएका हुन् । ७७ जिल्ला, सात सय ४२ स्थानीय तह, पाँच हजार पाँच सय ७५ वडा, पाँच हजार सात सय ५३ टोल समिति गठन भएका छन् । त्यस्तै, ६ हजार तीन सय २२ विद्यालयसँग प्रहरीले सम्पर्क समिति गठन गरेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo