काठमाडौं
झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा… , के भुल भयो प्रिया म सँग बोल्दिनौं… , सुरिलो रूख सल्लै हो… लगायतका लोकप्रिय एवं कालजयी गीतका गायक तथा संगीतकार मदन दिपविमको निधन भएको छ । उहाँको ७१ वर्षको उमेरमा निधन भएको हो ।
श्रष्टालाई जीवित छदै सम्मान गर्नु पर्छ र उसको योगदानको कदर हुनु पर्दछ भन्ने मान्यता राख्ने मदनको सोमबार राती ७१ वर्षको उमेरमा निधन भएको हो । लोकगायक एवं संगितकार दिपविमको गएराती अमेरिकामा निधन भएको थियो ।
संगीत यात्राका सारथी उहाँ आफ्नो जीवनको ७१ औं वसन्तमा पनि त्यहि जोश र जागरका साथ अमेरिकाको क्यालिफोर्नियामा युवा पिंडीलाई कला, साहित्य र संगीतको क्षेत्रमा मार्ग दर्शन गराउदै आउनु भएको थियो । उहाँ नेपाली सांगितिक यात्रालाई बिदेशी भूमिमा पनि त्यतिकै मल जल दिदै सबैको प्रेरणाको स्रोत बन्नु भएको थियो ।
हाल सम्म बरिष्ठ संगीतकार मदन दिपबिमका १५ सय भन्दा धेरै सांगितिक सिर्जनाहरु उपलब्ध छन् । उहाँको निधनले नेपाली संगीतको क्षेत्रमा अपूरणीय क्षति भएको छ ।































प्रतिक्रिया