‘हजार जुनी सम्म’ को गीत ‘एमजी रोडै’ मा सार्वजनिक

‘हजार जुनी सम्म’ को गीत ‘एमजी रोडै’ मा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘हजार जुनी सम्म’ को गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘एमजी रोडैमा’ बोलको लोक शैलीको गीत सार्वजनिक भएको हो ।

मेलिना राई र राजनराज सिवाकोटीको स्वरमा सजिएको गीतमा राजनराज सिवाकोटीकै शब्द तथा राजन इशानको संगीत संयोजन रहेको छ । यो गीतमा नायिका स्वस्तिमा खतिवडा, नायक सलोन बस्नेत र अकिलेश प्रधानको नृत्य रहेको छ ।

विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनी सम्म’ मा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सञ्चिता लुइटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोतम प्रधानको सिनेमेटोग्राफी रहेको छ । ‘हजार जुनी सम्म’ साउन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Skip This
Skip This
Logo