पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समय अनुसारको ऐनको आवश्यकता परेको बताउनुभयो ।

उहाँले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गर्नुभयो । ‘मन्त्रालय ऐन संशोधन गर्नतिर व्यस्त छ । हामीले लगिरहेका छौँ’ –उहाँले भन्नुभयो । परामर्शदाता मार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो विषय टुंगिने उहाँको दाबी थियो ।

परामर्शदाता छनोट नभइसकेकाले कहिलेसम्म ऐन संशोधनको विषय टुंगोमा पु¥याउने भन्ने कुरा अहिले नै केही भन्न नसकिने उहाँले बताउनुभयो । नेपाल पानीजहाज कार्यालयका रजिस्ट्रार ऋषिराज कोइरालाले कार्यालयसँग ऐन संशोधन गर्ने शीर्षकमा बजेट नभएकाले मन्त्रालयले जिम्मेवारी लिई काम गरिरहेको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo