क्यालिफोर्निया
अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ जना छोराछोरीलाई गैरकानुनी रुपमा ओच्छ्यानमा नै बाँधेर भोकभोकै राख्ने आमाबाबुलाई उनीहरुका सन्तानले माफी दिएका छन् । १३ जना छोराछोरीका आमाबाबु डेभिड र लुईस टर्पिनले शुक्रबार रिभरसाइड काउन्सीको अदालतमा अपराध स्वीकार गरेका थिए ।
यस लगत्तै उनीहरुलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अब यी दम्पत्तिले आफ्नो बाँकी जीवन जेलमा बिताउनेछन् । सन् २०१८ को जनवरीमा उनीहरुकी एक १७ वर्षीया छोरी भागेर आफूहरुलाई बन्धक बनाएको बारे जानकारी दिएपछि उनीहरु पक्राउ परेका थिए ।
टर्पिन दम्पत्तिलाई कम्तिमा पनि ८ वर्षसम्म आफ्ना १३ मध्ये १२ जना छोराछोरीलाई यातना दिएको, दुव्र्यवहार गरेको र जंजीरले बाँधेर राखेकोमा दोषी पाइएको हो । डेभिड र लुईसका छोराछोरीले अदालतमा तमाम दुव्र्यवहारका बाबजुद पनि आफूहरुले आमाबाबुलाई माया गर्ने बयान दिएका थिए ।
दम्पतिका एक छोरीको बयानलाई उनका भाइले पढे, ‘म आफ्ना आमाबाबुलाई धेरै माया गर्छु । यो हामीलाई पाल्ने सबैभन्दा राम्रो तरिका थिएन । तर यिनीहरुले नै मलाई त्यो मान्छे बनाए, जो अहिले यहाँ छु ।’
५६ वर्षीया डेभिड र ४९ वर्षीया लुइसले आफ्ना छोराछोरीलाई पटक पटक सजाय दिन्थे र पिट्थे । त्यसपछि छोराछोरीले घरबाट भाग्ने योजना बनाए । दम्पत्तिका अर्का एक बच्चाको भनाई सुनेर सबै भक्कानिएका थिए । लस एन्जलसको बाहिर दक्षिणमा ११२ किलोमिटर टाढा साफ–सुधरे इलाकामा रहेको घरमा बच्चाहरुलाई बाँधेर राखेको अवस्थामा गत वर्ष उद्दार गरिएको थियो । जुन घर असाध्यै फोहोरी पनि थियो ।
प्रहरीले छापा मार्दा २ देखि २९ वर्षका बच्चाहरु कुपोषित अवस्थामा भेटिएका थिए । पीडितलाई वर्षमा एक पटक नुहाउन दिइएको थिएन भने शौचालय समेत समयमा जान पाउँदैन थिए । यस्तै कुनै पनि बच्चाहरु डाक्टरकोमा पुगेका थिएनन् भने केही बच्चाहरुको उमेर वास्तविक उमेरभन्दा धेरै कम देखिन्थ्यो ।
एजेन्सी































प्रतिक्रिया