८५ लाख मुल्य बराबरको सुन सहित २ विदेशी पक्राउ

८५ लाख मुल्य बराबरको सुन सहित २ विदेशी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ क्षेत्रबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्रबाट भियतनामी भो थी मोइ र कमबोडिन थेब्बी यू लाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले ८५ लाख २७ हजार सात सय ६१ रुपैयाँ मूल्य बराबरको सुनको १० वटा वाला र एउटा लकेट बरामद गरेको छ ।

उनीहरु आइतबार थाई एयरवेजको फ्लाइट नम्बर टीजी ५८५ को उडानबाट विमानस्थल उत्रिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo