गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो १० लाख भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।
आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका थिए । गीतमा चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । प्रिन्सी र प्रिज्मा टिकटकमार्फत उदाएका कलाकार हुन् ।
गीतमा हिमांशु रायमाझीको शब्द र भीम बिसीको संगीत रहेको छ । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् ।





























प्रतिक्रिया