स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा नर्सको शंकास्पद शव

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा नर्सको शंकास्पद शव

केन्द्रबिन्दु
0
Shares

जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा कार्यारत एक नर्स पासाे लगाएकाे अवस्थामा मृत फेला परेकी छिन्। अस्पतालकाेे पहिलाे तल्लामा रहेकाे बाथरूममा महाेत्तरीकाे गाैशला नगरपालिका रामनगर निवासी रक्षा आले पासाे लगाएकाे अवस्थामा मृत फेला परेकी हुन् ।

शव पाेष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकाे र घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका  प्रहरी नायब उपरिक्षक रामेश्वर काफ्लेले बताए ।

संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका प्रदेश सांसद कौशल यादव र सप्तरीका प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव अस्पतालका सञ्चालक हुन्।

अस्पतालभित्रै नर्सले पासाे लगाएकाे घटना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानबिनकाे माग गरेका छन्। खुट्टा भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।  यो हस्पिटल यसअघि पनि पटक-पटक विवादमा पर्दै आएकाे छ।

प्रहरी र हस्पिटलले घटनाको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Skip This
Skip This
Logo