प्रधानन्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप

प्रधानन्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उनकै एक जना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) माथि यौन उत्पीडन गरेको आरोप लागेको छ ।

प्रधानन्यायाधीश गोगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भन्दै खण्डन गरेका छन् ।

पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ बर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गतबर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छिन् ।

यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडि कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालीकाको स्वतन्त्रता खतरामा रहेको बताए ।

उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताएका छन् । उनले भने, ‘यस्तो अवस्थामा काम गर्नु प¥यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् ।’ प्रधानन्यायाधीश गोगोइले ती महिलाको आपराधिक पृष्ठभूमि भएको बताएका छन् ।

उनले भने, ‘ती महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्यो ? जबकी उसकोविरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।’ महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन् ।

एएफपीलाई पत्र लेख्दै उनले भनेकी छन्, ‘उनले मलाई मेरो कम्मरमा समात्नुभयो र शरीरका सबै अंगमा हात लगाउनुुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।’ उनले थप भनेकी छिन्, ‘उहाँले मलाई पनि उहाँको शरिरमा अँगालो हाल्न भनेको र उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो । यो यौन दुव्र्यवहारको प्रयास थियो ।’
रासस / एएफपी

Skip This
Skip This
Logo