रुपन्देही । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा जग्गा किन्ने नेकपा महासचिवमाथि कडा व्यंग प्रहार गरेका छन् । बालुवाटारस्थित ललितानिवासमा रहेको ८ आना जग्गा किनेका नेकपा महासचिव विष्णु पौडेलमाथि थापाले कडा व्यंग प्रहार गरेका हुन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले बालुवाटारको जग्गा किन्दा धन्न पशुपतिको जग्गा किन्न नभ्याएको बताए । मलाई खुशी पनि लागेको छ । बालुवाटार किन्दा किन्दै उहाँले पशुपति किन्न भ्याउनुभएनछ । थापाले भने ।
सरकारका प्रवक्ताले पौडेललाई क्षतिपूर्ति दिनुपर्ने भनाईप्रति पनि नेता थापाले व्यंग प्रहार गरेका छन् । बर्दघाटको जग्गा बेचेर बालुवाटारको जग्गा किनेर नराम्रोसँग ठगिनुभएछ । अब रुपन्देहीबासीले नै क्षतिपूर्ति दिने की ? भन्दै व्यंग प्रहार गरे ।































प्रतिक्रिया