ब्रिजवाटर इन्टरनेशनल कलेजले पायो ‘एक्सिलेन्स इन म्यानेजमेन्ट एजुकेसन अवार्ड’

ब्रिजवाटर इन्टरनेशनल कलेजले पायो ‘एक्सिलेन्स इन म्यानेजमेन्ट एजुकेसन अवार्ड’

केन्द्रबिन्दु
876
Shares

काठमाडौंको सिनामंगलमा रहेको ब्रिजवाटर इन्टरनेशनल कलेजले ‘एक्सिलेन्स इन म्यानेजमेन्ट एजुकेसन अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको ब्रिजवाटरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘एक्सिलेन्स इन म्यानेजमेन्ट एजुकेसन अवार्ड’ प्रदान गरिएको हो ।

शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिँदै आएको यस कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ । विद्यालय तह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ ।

Skip This
Skip This
Logo