ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेजले ‘आउट स्ट्याण्डिङ पर्फर्मेन्स अवार्ड, २०८१’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको ट्रिटनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै शिक्षा दिने यस कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त जीवनका मूल्य र मान्यताहरु पनि सिकाउने गरेको छ । यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पढाई हुन्छ । कक्षा ११ र १२ तर्फ विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ । विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धित व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।
बालकुमारीमा अवस्थित ट्रिटनले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै केन्द्रबिन्दु डटकमले अवार्ड प्रदान गरेको हो ।































प्रतिक्रिया