काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय भएको छ । अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका छन् ।
अध्यक्ष थापाले ट्विटरमा लेखेका छन् , “राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ । उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।”
































प्रतिक्रिया