काठमाडौंबाट राप्रपा कार्यक्रममा प्रहरी हस्तक्षेप, २ दर्जन नेता पक्राउ

काठमाडौंबाट राप्रपा कार्यक्रममा प्रहरी हस्तक्षेप, २ दर्जन नेता पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । धर्म निरपेक्षताको ब्यानर जलाउन काठमाडौंमा भेला भएका राप्रपा नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानू नगरकोटी, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक उपाध्यक्ष मणि सिंखडा, कोषाध्यक्ष गुणराज राजभण्डारी, भक्तपुरका राम न्यौपाने, सिन्थुपाल्चोकका राजेन्द्र ढुंगेलसहित १४ जनालाई पक्राउ गरेको हो ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो । प्रहरी हस्तक्षेपका बाबजुद अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाएका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

राप्रपाले देशभर जलायो धर्म निरपेक्षता ब्यानर, ठाउँ-ठाउँमा प्रहरी हस्तक्षेप

Skip This
Skip This
Logo