गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुललाई ‘बेष्ट लर्निङ सेन्टर अवार्ड’

गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुललाई ‘बेष्ट लर्निङ सेन्टर अवार्ड’

केन्द्रबिन्दु
291
Shares

काठमाडौंकाे बत्तिसपुतलीमा रहेको गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुलले ‘बेष्ट लर्निङ सेन्टर अवार्ड, २०८०’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजासहित सतप्रतिशत उत्तीर्ण गराउन सफल गोल्डेन गेटले बेष्ट लर्निङ सेन्टर अवार्ड प्राप्त गरेको हो ।

मास्टर्ससम्मको अध्यापन हुने यो कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाइ हुँदै आएको छ । गोल्डेन गेट कलेजले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीका हरेक कोर्सलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । उच्च माध्यमिक शिक्षा बोर्डसँग समन्वय गरेर कक्षा ११ र १२ को पाठ्यक्रम तयार पारेको गोल्डेन गेटले ७ वटा स्नातकोत्तर र १६ वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Skip This
Skip This
Logo