नेशलन स्कुल अफ साइन्सेसलाई ‘लिगेसी अफ सक्सेस अवार्ड’

नेशलन स्कुल अफ साइन्सेसलाई ‘लिगेसी अफ सक्सेस अवार्ड’

केन्द्रबिन्दु
1.23k
Shares

काठमाडौंको लैनचौरमा अवस्थित नेशलन स्कुल अफ साइन्सेस (निस्ट)ले ‘लिगेसी अफ सक्सेस अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भन्ने मान्यता राख्ने निस्टले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘लिगेसी अफ सक्सेस अवार्ड’ प्रदान गरिएको हो ।

२०५० सालमा स्थापना भएको कलेजले लामो शैक्षिक यात्रा मात्र पूरा गरेको छैन, उत्तिकै गर्विलो इतिहास पनि रचेको छ । त्यसैले त आज बर्षेनी हजारको हाराहारीमा विद्यार्थीहरु यहाँ भर्ना हुने गरेका छन् । उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो । कलेजले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यससँगै विद्यार्थीको अतिरिक्त गतिविधिमा पनि जोड दिँदै आएको छ ।

Skip This
Skip This
Logo