नेपाल मेगा कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’

नेपाल मेगा कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’

केन्द्रबिन्दु
330
Shares

काठमाडौंको बबरमहलमा रहेको नेपाल मेगा कलेजले ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच स्थापनाकालको छोटो समयमै आफूलाई अब्बल सावित गरी सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नेपाल मेगा कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’ प्रदान गरिएको हो ।

हाल मेगा कलेजले प्लस टुदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ । मेगा कलेजको प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ भने स्नातकमा बीबीएस, बीएसडब्लु, बीसीए, बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस र एमए (आरडी) कार्यक्रमहरू सञ्चालनमा छन् ।

यस कलेजले शैक्षिक क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य राखेर काम गरिरहेको छ । भौतिक पूर्वाधारले सम्पन्न नेपाल मेगा कलेजसँग अत्याधुनिक साइन्स ल्याब, मिटिङ हल, लाइब्रेरी, क्यान्टिन, यातायात लगायत सेवाहरू उपलब्ध छन् ।

Skip This
Skip This
Logo