बलिउड फिल्ममा महंगो पैसा खर्च गरेर सेट तयार गरिएको हुन्छ । त्यसको अलावा हिरो हिरोइनले लगाएको कपडामा पनि उत्तिकै खर्च गरिएको हुन्छ । एउटा पुरै फिल्ममा धेरै आकर्षक र महंगो कपडा प्रयोग गरिएको हुन्छ । त्यसैले त हिरो हिरोइनको अलावा उनीहरुले लगाएको कपडाले पनि उत्तिकै चर्चा हुने गर्छ ।
फिल्म हेरि सकेपछि धेरेको मनमा उठ्ने एउटै प्रश्न हो, हिरो हिरोइनले लगाएका यति धेरै महंगा महंगा कपडा सुटिङपछि के गरिन्छ ? देवदास, जोधा अकबर, पद्यमावत, बाजिराव मस्तानी, हिरोइन, राम लिला जस्ता ठूलो बजेटको फिल्ममा धेरै महंगा कपडाहरु प्रयोग भएको थियो । फिल्म ‘हिरोइन’मा करिना कपुरले करिब १ सय ३० वटा जति कपडा लगाएकी थिइन् । फिल्म ‘पद्यमावत’ मा दिपिकाले लगाएको एउटा लेहेंगाको मूल्य झण्डै भारतीय रुपैयाँ २० लाखको थियो ।
तर, यति धेरै महंगा कपडा फिल्मको सुटिङ्पछि कहाँ लैजान्छ ?
सुटिङपछि के गरिन्छ ?
प्रायजसो फिल्मको सुटिङ पुरा भइसकेपछि ति कपडाहरु डब्बामा बन्द गरेर राखिन्छ र त्यसको बाहिर एउटा नोट टाँसिन्छ । यस नोटमा त्यो कपडासँग जोडिएको डिटेलहरु लेखिन्छ । जस्तैः, कुन फिल्ममा कुन पात्रले के कपडा लगाएको थियो आदि । ति कपडाहरु अर्को फिल्ममा ब्याकग्राउन्ड डान्सर वा अर्को पात्रहरुलाई त्यो कपडालाई ‘मिक्स एण्ड म्याच’ गरेर पुनः प्रयोग गरिन्छ । ताकि दर्शकहरुले थाहा पाउन नसकुन् । तर सबै कपडा डिब्बामा हालेर बन्द गरिँदैन् ।
कोहि कलाकारले फिल्ममा लगाएको कपडा सम्झना स्वरुप पनि राख्ने गरेको पनि पाइन्छ । उनीहरुले त्यो कपडा नलगाए पनि सम्झनाको लागि सम्हालेर राख्ने गर्छन् । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा शाहरुख खानले एउटा ज्याकेट लगाएका थिए । त्यो ज्याकेट अझै उनले सम्हालेर राखेका छन् ।
च्यारिटीको लागि लिलाम
ठूला स्टारले फिल्ममा लगाएका कपडा दर्शकहरुले मन पराएका हुन्छन् । त्यसको लागि च्यारिटी आयोजना गरिएको हुन्छ । जहाँ स्टारहरुको कपडा लिलाम हुन्छ । फिल्म ‘मुझसे शादी करोगी’ मा सलमान खानले गाएको गीत ‘जीने के है चार दिन…’ मा उलनले प्रयोग गरेको तौलिया पनि च्यारिटीमै लिलाम गरिएको थियो ।
डिजाइनरहरुले पनि राख्छन्
फिल्ममा ठूला ठूला डिजाइनरहरुले हिरो हिरोइनलाई कपडा बनाइदिन धेरै मिहिनेत गरेका हुन्छन् । फिल्म पुरा भइसकेपछि डिजाइनरहरुले पनि कपडा फिर्ता लिन्छन् । करण जोहरको फिल्म ‘बम्बे भेल्भेट’ मा मनिष मल्होत्राले अनुष्का शर्माको लागि गाउन डिजाइन गरिदिएका थिए । जुन फिल्मको सुटिङ पश्चात उनले फिर्ता लिएका थिए ।































प्रतिक्रिया