विराटनगरमा रहेको अरनिको आवासीय माध्यामिक विद्यालयले ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर कहलिएको अरनिको आवासीय माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्रदान गरिएको हो ।
विसं २०३३ सालमा स्थापना भएको अरनिकोले आफ्नो लामो शैक्षिक इतिहास मात्र बनाएको छैन, उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् ।































प्रतिक्रिया