काठमाडौं
सरकारले ट्राफिक प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, ०७५ लाई स्वीकृत गरेको छ । गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सो को जानजकारी दिनुभयो ।
मन्त्री बास्कोटाका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाहीदेखि हवल्दारसम्मलाई ४० प्रतिशत प्रोत्साहन भत्ता दिने र प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक सम्मलाई, २० प्रतिशत प्रोत्साहन भत्ता पाउने व्यवस्था गरिएको छ । प्रहरी निरीक्षक देखि प्रहरी नायब उपरीक्षक सम्मले १० प्रतिशत भत्ता पाउने छन् ।





























प्रतिक्रिया