समाचार लेखेर पक्राउ परेका पोखरास्थित ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले गिरीलाई बिहीबार साधारण तारेखमा रिहा गरेको हो।
ठगीको समाचार लेखेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो। काउन्सिलले ताण्डव न्युज डटकम दर्ता नभएको जानकारी पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई दिएपछि उनले साइवर अपराध अनुसार गिरीविरूद्ध मुद्दा दिएका थिए ।





























प्रतिक्रिया