चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजीकार्य आज पनि जारी रहने भएको छ ।
शुक्रबार बिहान करिब ३ बजे सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।
ती बेपत्ता बसमा ६५ जना सवारमध्ये तीन जनाले ज्यान जोगाएपनि शुक्रबार साँझसम्म बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट तीन/चार किलोमिटर तलसम्म खोज्दा पनि नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गोताखोरको टोलीले हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालेको छ । आज बिहानबाट बेपत्ता बस र यात्रु खोज्न सुरु गर्ने बताइएको छ ।































प्रतिक्रिया