पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

लिमा

पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् । आफ्नै घरमा उनले टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिए ।

उनीमाथि लगाइएको भ्रष्टाचार सम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भने, “ यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैँले आफैँलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।”
रासस

Skip This
Skip This
Logo