वर्षा र हावाहुरीका कारण भारतमा ३१ को मृत्यु, नेपालमा पनि सतर्क रहन आग्रह

वर्षा र हावाहुरीका कारण भारतमा ३१ को मृत्यु, नेपालमा पनि सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । वर्षासँगै आएको हावाहुरीले भारतमा ३१ जनाको ज्यान गएको छ । मंगलबार विभिन्न राज्यमा आएको वर्षा र चट्याङसहितको हावाहुरीबाट ३१ जनाको ज्यान गएको हो ।

मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारू राहत दिने घोषणा गरेका छन्।

अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।

भारतीय मौसम विभागले यो मौसमी प्रणालीको प्रभाव नेपालमा पनि पर्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीको नेपालमा पनि पर्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार बुधबार देशैभरि सामान्य देखि पुर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्र, पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको सम्भावना छ।

त्यस्तै तराईका हुरी बतास र उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपात हुने महाशाखाले जनाएको छ। बिहीबार र शुक्रबार पनि मौसममा बदली हुने र केही स्थानमा असिनासहित पानी पर्ने महाशाखाको पूर्वानुमान छ।

Skip This
Skip This
Logo