ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा दिने साढे दुई तलाको घर सार्वजनिक

ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा दिने साढे दुई तलाको घर सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडाैंमा जित्ने घर (बम्पर उपहार) सार्वजनिक गरेको छ । साथै २०८० असोज १ गतेबाट सुरु गरिएको यो योजना कार्तिक ३०, २०८१ सम्म (४ महिना) थप गरिएको छ ।

ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो । नेपाल सरकारको “डिजिटल नेपाल” को अवधारणालाई मुर्त रुप दिन सहयोग गर्ने, परम्परागत शैलीको विप्रेषण कारोबार तथा नगद प्रकृतीको कारोबारलाई डिजिटलिकरणमा रुपान्तरणको निम्ती प्रोत्साहन गर्ने हेतुका साथ यो अभियान सुरु गरिएको थियो, जसअन्तर्गत पूर्णबहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए ।

यस अभियानले विदेशमा रहेका नेपालीहरुमा डिजिटल साक्षरता र सशक्तिकरणको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको तथ्यलाई मध्यनजर गर्दै पुनः एक पटक ईसेवा मनि ट्रान्सफरले १० महिना अघि “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिंदै फेरि पनि एकजना भाग्यशाली विजेतालाई काठमाडौंमा घर दिने घोषणा गरेको थियो, जस अन्तर्गत विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने एकजना भाग्यशाली विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गरिने घर सार्वजनिक गरेको हाे । विदेशबाट आफुले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिहरु मध्येबाट गोला प्रथाद्वारा एक जनालाई कम्पनीले ललितपुर महानगरपालिका वडा नं ३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।

साथै, यस अभियानप्रति नेपालीहरूको बढ्दो आकर्षण र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना ४ महिनाको लागि थप गरी २०८१ कार्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ । अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरु यस बम्पर योजनामा स्वतः सहभागी हुने कम्पनीकाे भनाई छ ।

यस विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता तथा अभियान केही समय थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यो योजना ४ महिना थप गरिएको हो, साथै यसबाट धेरैभन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहुनेछ भन्ने हाम्रो आशा छ ।”

ईसेवा मनि ट्रान्सफरले नगद रेमिट्यान्स तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ८८ लाखभन्दा बढी प्रयोगकर्ताहरु र जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्नो १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका २ करोड भन्दा बढी जनसंख्या र एक लाखभन्दा बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Skip This
Skip This
Logo