फलामका चार टुक्रालाई १९ लाख ! : ठगि गर्ने पक्राउ

फलामका चार टुक्रालाई १९ लाख ! : ठगि गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

फलामलाई सुन भनेर बेचेको अभियोगमा चार जना पक्राउ परेका छन् । नुवाकोट दुप्चेश्वर–६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौँरी देउराली ३ का २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रवीण श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ पक्राउ परेका हुन् ।

तामाङ र श्रेष्ठत्रयले १२ पुसमा सामाखुसी रानीबारीका राजेश विकलाई फलामको चारवटा टुक्रालाई सुन भनेर १९ लाखमा बिक्री गरेका थिए । लगत्तै फरार रहेका उनीहरूलाई सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले फलामलाई कालो सुन भनेर बिक्री गर्नेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘फलामको टुक्रालाई सुन भनेर बेचेको पाइयो । यो अनौठो घटना हो । यसमा ठगी गर्ने त अपराधी हुँदै हो । ठगीमा परेको देख्दा पनि अचम्म लाग्यो । उजुरी पर्नासाथ खोजी भयो । र ठगीमा संलग्न पक्राउ परे । अब कारबाही हुन्छ ।’
नयाँ पत्रिकाबाट

Logo