सिन्धुली
चिकित्सक र कर्मचारी समायोजनका कारण सिन्धुली अस्पतालको सेवा ठप्प भएको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्दा अस्पतालमा कार्यरत सबै चिकित्सकले संघ मातहतका स्वास्थ्य संस्था रोज्दै कार्यालय छाडेर गएपछि सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
अस्पतालले करारमा लिएका ३ जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन गर्नुपर्दा एक सातादेखि यहाँका सेवाहरू बन्द जस्तै छन् ।
अस्पतालमा ६ जना विशेषज्ञ डाक्टर सहित ६४ जनाको दरबन्दी छ । तर कर्मचारी समायोजनका कारण एक जना प्रशासनिक कर्मचारी बाहेक अन्य कर्मचारीहरुले संघ रोजेर हिँडेपछि ६३ जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दी खाली छ ।
‘सरकारले समायोजनपछि सिन्धुली अस्पतालका लागि खटाएका चिकित्सक कहिले आइपुग्ने भन्ने कुनै टुङ्गो छैन । विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालमा ओपीडी र गर्भवती लगायत प्रायः सबै सेवा प्रभावित भएका छन्,’ उनले भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया