काठमाडौं । स्मार्टडोकोले भारी छुटसहित नयाँ वर्षको अफर अभियान सुरु गरेको छ । इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशत सम्मको छुट सहित “नयाँवर्षको अफर” अभियान सुरु गरेको हो ।
यो अभियान बैशाख १० गतेसम्म लागू हुनेछ । स्मार्टडोकोले रिंग रोड भित्रका आफ्ना सामानहरु निःशुल्क डेलिभरी पनि गर्नेछ । दिउँसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवाभिजा कार्डबाट गर्न सकिन्छ ।
यो नयाँवर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुलइत्यादि ब्राण्डहरुमा भारी छुट दिईनेछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पेयपदार्थ इत्यादि रहेका छन् ।
स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, बिरगञ्ज, इटहरी, धरान, दाङ, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिदैं आएको छ ।































प्रतिक्रिया