यू-१९ विश्वकप छनाेटः नेपालले ओमानलाई दियो २३० रनकाे चुनौती

यू-१९ विश्वकप छनाेटः नेपालले ओमानलाई दियो २३० रनकाे चुनौती

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटको जारी खेलमा नेपालले ओमानलाई २ सय ३० रनको चुनौती दिएको छ । मलेसियाको सिंलगार टर्फ क्लवमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा दुई सय २९ रन बनाएको हो ।

नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए । आजको खेलमा डेब्यु गरेका अभिशेख बस्नेत १५ रनमा आउट भए । सन्दिप जोरा मात्र चार रनमा आउट भए । डेब्यु खेलमा अर्धसतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए ।

छैटौ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम शार्की विच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भिम पनि ३९ रनमा बाहिरीए । कुशल मल्ल पनि मात्र दुई रनमा आउट भए भने  कमलसिंह ऐरी एक रनमा आउट भए ।

Skip This
Skip This
Logo