नेपाली कांग्रेसका भातृ संगठनहरुले भोलि ७७ वटै जिल्लामा प्रदर्शन गर्ने (विज्ञप्तिसहित)

नेपाली कांग्रेसका भातृ संगठनहरुले भोलि ७७ वटै जिल्लामा प्रदर्शन गर्ने (विज्ञप्तिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले भोलि देशभर प्रदर्शन गर्ने भएको छ । आफ्ना १३ वटा भातृ संगठन परिचालन गर्दै भोलि ७७ वटै जिल्लामै एकैसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको कांग्रेसले यस अघि ४ चरणका आन्दोलन गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्ध प्रदर्शन गर्न लागिएको र सबैको सहभागीताका लागि कांग्रेसले अपील गरेको हो ।

कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गरिसकेको छ ।

भोलि हुने प्रदर्शनमा सहभागी बन्‍न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रह गरेको छ।

माघ १८, २०७७
प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपील

नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।

संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।
जय नेपाल !

क्र.सं. संस्था अध्यक्ष/सभापति

१ नेपाल महिला संघ, उमा रेग्मी
२ नेपाल तरुण दल, जीतजंग बस्नेत
३ नेपाल विद्यार्थी संघ, राजीव ढुंगाना
४ नेपाल प्रजातन्त्र सेनानी संघ, टंकप्रसाद शर्मा कँडेल
५ नेपाल किसान संघ, भानुभक्त सिग्देल
६ नेपाल दलित संघ, मीनबहादुर विश्वकर्मा
७ नेपाल भूतपूर्व सैनिक संघ, कर्णेल धनबहादुर मास्की राना
८ नेपाल आदिवासी जनजाति संघ, इन्द्रबहादुर गुरुङ्ग
९ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, भोजराज श्रेष्ठ
१० नेपाल मुस्लिम संघ, अब्दुल सतार
११ नेपाल तामाङ्ग संघ, कवेलबहादुर लामा
१२ नेपाल राष्ट्रिय मगर संघ, ओम थापा मगर
१३ नेपाल ठाकुर समाज, अनिरुद्ध्रप्रसाद ठाकुर

Skip This
Skip This
Logo