काठमाडौं । एमएस प्रोडक्सन नेपालले आयोजना गर्न लागेको ‘फेस अफ नेपाल–२०२४’ को तयारी धमाधम भइरहेको छ । मोडलिङ क्षेत्रमा लागेकाहरूको लागि उपयुक्त यस प्लेटफर्मबाट छनोट भई दक्षिण कोरियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पाउने छन् ।
दक्षिण कोरियामा अगामी नोभेम्बरमा ‘एसिया मोडल फेस्टिभल’ हुँदै छ । जसमा ‘फेस अफ नेपाल–२०२४’ का विजेताहरू सहभागिता हुन पाउने एमएस प्रोडक्सन नेपालकी अध्यक्ष मेनुका माझीले बताइन् । उक्त कार्यक्रम विभिन्न २८ देशका प्रतियोगीहरू सहभागिता हुनेछन् ।

‘अहिले अडिसन राउण्ड सकिएर छनोट भएकाहरूलाई फेस अफ नेपालको तयारी गराइँदै छ, तयारी पूरा भएपछि यो कार्यक्रममा उनीहरूको प्रतिस्पर्धा हुने छ, यहाँ विजेता भएकाहरूलाई कोरियामा हुने कार्यक्रम मोडलिङको लागि पठाइने छ,’ उनले भनिन् ।

सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ प्रतियोगितामा महिला तथा पुरुष दुवैको सहभागिता रहने छ । फेस अफ नेपालबाट तीन जना विजेता हुने छन् । उक्त तीनै जान एसिया मोडल फेस्टिभल सहभागिता रहने बताइएको छ । सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्। फेस अफ नेपालको विजेताले २० लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पत पाउने अध्यक्ष माझीले जानकारी दिइन् । सो प्रतियोगितामा मोडलिङमा करिय खोज्ने २३ जना प्रतिस्पर्धीको सहभागिता रहेको छ ।
































प्रतिक्रिया