युएईविरुद्ध नेपालकाे राम्राे सुरुवात, लिए २ विकेट

युएईविरुद्ध नेपालकाे राम्राे सुरुवात, लिए २ विकेट

केन्द्रबिन्दु
12
Shares

नेपालले एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत युएईविरुद्ध राम्राे सुरुवात गरेकाे छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३ ओभरकाे समाप्तिमा २१ रन बनाउँदा २ विकेट गुमाएकाे हाे । युएईले दोस्रो ओभरको पाँचौं बलमा कप्तान इशा ओझालाई गुमाएको थियो । उनलाई १० रन बनाउँदा काजोल श्रेष्ठले रनआउट गराएकी हुन् । त्यसपछि चौथो ओभरको पहिलो बलमा रिनिथा रजिथलाई सबवनम राईले ६ रनमा आउट गराइन् ।

Skip This
Skip This
Logo