आज (सोमबार)देखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ ।
शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागेको हो। मन्त्रालयले ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान संचालन गरेर बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने जनाएको छ।
गत वर्ष ६० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा बढेर यस वर्ष ९१ हजार पुगेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ। अहिले विद्यालय जाने उमेर भएका तर भर्ना नभएका बालबालिकाको संख्या एक लाखभन्दा बढी भएको अनुमान छ।
मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको हो।































प्रतिक्रिया