काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमख बालेन शाहले न्युरोडमा थालेको फुटपाट विस्तारको काम फेरी रोकिएको छ । गत आइतबार उच्च अदालत पाटनबाट अन्तरिम आदेश आएपछि पुनः न्युरोड काट्न सुरु गरेका मेयर बालेनलाई सोही वडाका कथित स्थानियहरुले अवरोध गरेका छन् ।
न्युरोडको फुटपाट विस्तारमा सडक विभागले बाधा पुर्याएपछि अदालतबाट सिधैं अन्तरिम आदेशसहित काम थालनी गरेका मेयर बालेनका सामु एकपछि अर्को गर्दै थप चुनौतीहरु थपिदै गइरहेका छन् । न्युरोडलाई व्यवस्थित, सुन्दर शान्त र मनोरम बनाउने उद्देश्यसहित अघि बढेका मेयर बालेनलाई आज विरोध गर्ने स्थानिय हुन् अथवा पार्टीका कार्यकर्ता हुन् त्यो भने अझैं खुलिसकेको छैन् ।
न्यूरोडलाई नो भेइकल जोन बनाउने लक्ष्यसहित अघि बढेका बालेन कहिले संघीय सरकार त कहिले आफ्नैं वडाका अध्यक्षले कुनै न कुनै बहानामा फुटपाथ विस्तारको काममा अवरोध बनिरहेका छन् । यसै विषयमा केन्द्रित रहेर हामीले केही स्थानीय र सर्वसाधारणको धारणा बटुलेका छौं । हेरौं, एक रिपोर्ट…





























प्रतिक्रिया