महिला हिंसाको मजाक बनाएको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना

महिला हिंसाको मजाक बनाएको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना

केन्द्रबिन्दु
9
Shares

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले यस हप्ता महिलाविरुद्ध हुने हिंसाको विषयमा मजाक गरेपछि विवाद सृजना भएको छ ।

ब्रासिलियाका मन्त्री र व्यापारिक नेताहरूसँगको वार्तामा राष्ट्रपति लुलाले महिलाविरुद्ध बढ्दो दुर्व्यवहारको नयाँ तथ्याङ्क एक “दुखद समाचार” रहेको बताए । त्यसपश्चात फुटबल खेलहरुमा प्राय महिला विरुद्धको दुर्व्यवहार बढ्दो हुने भन्ने विषयमा भएको एउटा अध्ययनमा प्रतिक्रिया दिँदै ७८ वर्षीया राष्ट्रपतिले आफ्नो मनपर्ने फुटबल टोलीलाई जोड्दै “यदि हिंसा गर्ने व्यक्ती कोरिन्थियन टोलीका प्रशंसक हो भने, ठीक छ” भनेर मजाक गरेका थिए ।

प्रत्यक्ष प्रसारण गरिएको राष्ट्रपतिको उक्त अभिव्यक्तिले व्यापक आलोचना निम्त्याएको छ ।

“लुलाको यो टिप्पणी कुनै पनि सन्दर्भमा हास्यास्पद छैन । राष्ट्रपतिको यस्तो मजाकले महिलाहिंसा सम्बन्धी ब्राजिल त्रासदीलाई सामान्य बनाउँछ । सन् २०१५ देखि कम्तिमा दश हजार छ सय महिला हिंसाको सिकार भएका छन्”, एम्नेस्टी इन्टरनेसनलले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

एम्नेस्टीले खेलको समयमा महिलाविरुद्ध शारीरिक आक्रामकता २१ प्रतिशतले बढेको प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, “यो ठिक होइन।”

पूर्व राष्ट्रपति जायर बोल्सोनारो पनि लुलाले अभिव्यक्तीलाई “मूर्खतापूर्ण” रहेको बताएका छन् ।

राष्ट्रपतिको वामपन्थी श्रेणीभित्रबाट पनि भर्त्सना गरिएको थियो, काङ्ग्रेस महिला फर्नान्डा मेल्चियोन्नाले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे, “घरेलु हिंसा कुनै मजाक होइन।”

Skip This
Skip This
Logo