काठमाडौं
फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र ह्वाट्सएपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ।
अमेरिका, युरोप र दक्षिण अमेरिकाका केही भागका मुख्य सहरी क्षेत्रमा यी तीन सेवाका एप क्र्यास भएका थिए । नेपालमा पनि वेबसाइट र एपहरुमा केही प्रयोगकर्ताहरुले समस्या भोगेका थिए ।
अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउन भएको बारे धेरै प्रयोगकर्ताहरुले लेखेका छन् । फेसबुकले समस्या किन भएको हो भन्नेबारे केही बताएको छैन । तर समस्या भएको भने ट्विटरमा स्वीकार गरेको छ।





























प्रतिक्रिया