कांग्रेसले माग्यो उपसभामुखको राजीनामा, देशकै बेइज्जत गरेको आरोप

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा, देशकै बेइज्जत गरेको आरोप

केन्द्रबिन्दु
36
Shares

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ ।

गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासलाई सिधै पत्र लेखेर आफूसहित अरु पाँच जनालाई भिसा मिलाइदिन उपसभामुख रानामगरले आग्रह पत्र लेखेकाे प्रकरणमा आइतबार बसेको प्रतिनिधि सभामा कांग्रेसका सांसद रामहरि खतिवडाले मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न माग गरेका हुन् । उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन् । कन्सल्टेन्सी जस्तो नबनाईयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानविन हुनुपर्छ ।’

Skip This
Skip This
Logo