प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्रीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत सम्बोधन गर्न लागेका हुन् । तत्कालिन माओवादी केन्द्रसँग पार्टी एकता गर्दै तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

दुई तिहाई बहुमत रहेको वर्तमान सरकारले एक वर्षमा आशावादी काम गर्न नसकेको आम बुझाई छ । ५ वर्षे जनमत प्राप्त गरेको वर्तमान सरकारले आफ्नो पहिलो वर्ष उद्घाटनको वर्ष भनेको छ । दोस्रो वर्षदेखि द्रुत गतिमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ । आफ्नो एक वर्षे कार्यकालमा भए गरेका काम कारवाहीबारे प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत जानकारी गराउन लागेका हुन् ।

Skip This
Skip This
Logo