काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा मुलुकले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा देशले उक्त घाटा व्यहोरेको तथ्याङ्क सोमबार सार्वजनिक गरेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको सामान आयात गरेको छ भने एक खर्ब ५२ करोड ३८ लाख बराबरको बस्तु निर्यात भएको छ ।
यस्तै, विभागले गत आर्थिक वर्षमा १७ खर्ब ४५ अर्ब ३६ लाख ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको पनि जानकारी दिएको छ । अघिल्ला वर्ष २०७९/०८०को तुलनामा कुल वैदेशिक व्यापार गत आर्थिक वर्षमा१.३३ प्रतिशतले घटेको हो ।
विभागले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात निर्यात क्रमशः १.१६ र ३.०३ प्रतिशतले घटेको देखाएको छ । गत आर्थिक वर्षमा उक्त रकमको बस्तु तथा सेवा आयात निर्यात हुँदा ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख ६२ हजार रुपैयाँ बराबरको सरकारले राजश्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ । सो आर्थिक वर्षमा विभागको तथ्यांक अनुसार १७० वटा देशसँग व्यापार भएको थियो ।





























प्रतिक्रिया